Trending
हिमाल आरोही लाक्पा शेर्पाले विश्वको सातौँ अग्लो ८१६७ मिटर अग्लो धौलागिरी हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको छ । उहाँले वसन्तऋतुको पहिलो सफल आरोहण गर्नुभएको हो । मौसम प्रतिकुलतालाई छिचोल्दै ६ जना विदेशी आरोही र ७ जना नेपाली शेर्पाहरुको टोलीले धौलागिरी हिमालमा यो यामको पहिलो सफल आरोहण गरेका हुन् ।
सेभेन समिट ट्रेक्सबाट ६ विदेशी र ७ जना नेपाली शेर्पा सहितको आरोही टोलीले धौलागिरिको सफल आरोहण गरेकाहुन् । आरोहण गर्ने यो टोली पहिलो बनेको छ ।
सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले टोली सफलतापूर्वक फर्कीएको जानकारी दिनुभयो । उहाँले लाक्पा शेर्पाको नेतृत्वमा गएको टोलीले हिमालमा डोरी तान्ने र अप्ठेरो खोचहरुमा भ¥याङ राखेर बाटो बनाएपछि आरोहीहरुले धौलागिरीको सफल आरोहण गरेको पनि बताउनुभयो । वसन्तऋतुमा धौलागिरि आरोहणका लागि दुई समूहका ९ जना पुरुष र ६ जना महिला गरी १५ विदेशी आरोहीले अनुमति लिएका छन् ।
संखुवासभाका लाक्पा शेर्पाले हिमाल अरोहणमा कीर्तिमान कायम गर्देै आएकाछन् ।