Trending
कीर्तिमानी प्रख्यात हिमाल आरोहि लाक्पा शेर्पाले धौलागिरी हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको छ । आज उहाँले ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको हो । उहाँले हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराउनुभएको फोटो आफ्नो फेसबुकमा पोष्ट गर्नुभएको छ । संखुवासभाको मकालु गाउँपालिकाका लाक्पा शेर्पा मकालु लाक्पाका नामले चिनिनु हुन्छ । मकालु हिमाल आरोहणमा उहाँको कमाण्ड र बिशेष बिज्ञता छ । उहाँले हिमाल आरोहण गरेरै बिभिन्न कीर्तिमान कायम गरी सक्नु भएको छ ।