ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवा–युवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ ।

चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भीडभाड हुने गरेको ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महत बताउँछन् । उनी भन्छन्, ‘हरेक वर्ष यसयाममा फूलको मौसम आउँछ । यसमा युवायुवतीहरू रमाइरहेको देख्दा खुसी लाग्छ ।’ एकै रङमा फूल्ने जाकाराण्डाको इतिहास राणाकालीन समय देखिएको छ । चक्रपथमा रहेका केही रुख बुढा भइसकेका छन् भने केही भर्खर फुल्न सुरु गरेका छन् । चक्रपथलाई शोभनीय बनाउने यस फूललाई ललितपुर महानगरपालिकाले संरक्षण गर्दै आएको छ । यससँगै अन्य प्रजातिका फूलहरूलाई हुर्काउनका लागि महानगरपालिकाले पानी हाल्ने र गोडमेल गर्ने गरेको छ ।

आउने दिनमा चक्रपथको सुन्दरता बढाउन जाकाराण्डा फूलको संरक्षणसँगै अन्य प्रजातिका फूल रोप्ने तयारी रहेको अध्यक्ष महतले बताए । उनले भने, ‘जाकाराण्डा फूललाई पृष्ठभूमिमा पारेर तस्बिर र भिडियो खिच्नेको संख्या बढ्दो छ । दिउँसोको चर्को गर्मीमा पनि यात्रीहरू रुखको छहारीमा बसेर रमाइरहेका हुन्छन् । हामी यसलाई अझै व्यवस्थित गर्छौं ।’

बिहान र बेलुकीको समयमा युवा–युवतीहरूको बढी चहलपहल हुन्छ । चापागाउँदोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोक वरपर बढी भीडभाड हुने गरेको छ । वसन्त ऋतुमा एकै रङमा ढपक्क फूलेको जाकारण्डा फूल देखेपछि मन प्रफुल्ल हुने गरेको फूलको दृष्य अवलोकन गर्न आएका निर्मल लामा बताउनुहुन्छ । ललितपुरको महालक्ष्मीस्थान चोक वरपर मात्र नभएर काठमाडौँ उपत्यकाको रिङरोडभरि यस्तै फूल भएमा काठमाडौँ झन् सुन्दर देखिने उनको भनाइ छ ।

शुक्रबार, २६ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !