दक्षिण कोरियामा १० वर्ष बिताएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषिउद्यम सुरु गरेका छन् । यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैंसीपालनमा खर्चिएका छन् ।

विसं २०७३ देखि सुरु गरेको सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालि हाल गण्डकी प्रदेशमै ठूलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको छ । दश वर्ष कोरियामा सिकेको सीप र कमाएको पैसा लगानी गरेको उक्त फर्ममा ६७ वटा गुजराती र मुर्रा जातका भैँसीहरू छन् । हाल फर्मबाट दैनिक १८५ देखि २०० लिटरसम्म दूध उत्पादन भइरहेको छ । यसका साथै गोबर र मूत्रलाई जैविक मलका रूपमा बिक्री गरेर आम्दानी भइरहेको छ ।

आचार्य दाजुभाइ कोरियामा रहँदा सिकेको आधुनिक पशुपालन प्रविधिलाई नेपालमै प्रयोग गरिरहेको बताउँछन् । कोरियाबाट फर्किएपछि सुरुमा काठमाडौँमा होटल व्यवसायमा लागे पनि पछि गाउँमै आएर हार्डवेयर व्यवसाय र भैँसीपालन सुरु गरेको दाइ उत्तमको भनाइ छ । ‘फार्म सञ्चालनका क्रममा हालसम्म तीन करोडभन्दा बढी लगानी भइसकेको छ । सञ्चालनको सुरुआतमा २५ प्रतिशत विश्व बैङ्क, २५ प्रतिशत नेपाल सरकार र बाँकी ५० प्रतिशत लगानी आफैले गरेका थियौं’, उनीहरूले भने, ‘फार्ममा प्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाएका छन्भने अप्रत्यक्ष रूपमा थप धेरैलाई कामको अवसर सिर्जना भएको छ ।’

भाइ वीरेन्द्र फार्ममा दिनहुँ आफै खट्ने गरेको बताउँछन् । बिहानै फार्ममा पुगेर दूध प्याक गर्ने, क्यानमा राख्ने, होम डेलिभरी गर्ने र बिक्री नभएको दूधबाट पनिर उत्पादन गर्ने काम दिनहुँ भइरहेको उनको भनाइ छ । अब हरेक युवाले आफ्नै देशमा भविष्य खोज्नुपर्छ भनेर आफूहरू यस कार्यमा लागेको आचार्यले बताए । ‘कुनै समय कोरियामा राम्रो जीवन बिताएका थियौँ । विदेश गएर अनुभव हासिल गर्नु राम्रो हो तर उतै बसेर हुँदैन । आफ्नो देश र माटो आफ्नै हुन्छ। त्यसैले विदेशबाट फर्किएर हामीले आफ्नै गाउँठाउँमा लगानी गर्‍यो । कृषि क्षेत्रमा लगानी गर्न सके देशमै राम्रो गर्न सकिन्छ’, आचार्य दाजुभाइले एकैस्वरमा भने ।

हाल यस कार्यबाट चापाकोटका धेरै युवाहरू कृषिप्रति आकर्षित भइरहेका छन् । स्थानीय निकाय र राज्यले कृषिउद्यमलाई सम्मानित तथा प्रोत्साहन बनाउन सहयोग गरे धेरैले यसैमा भविष्य खोज्ने उनीहरूको विश्वास छ । ‘देशमै भविष्य खोजेका कृषकलाई राज्यबाट पर्याप्त सुविधा नभएको महसुस हुन्छ । कहिलेकाहीँ भैँसीलाई मिल्क फिभर जस्ता रोग लाग्छन्, भैँसीको बिमा र स्वास्थ्य उपचार निःशुल्क छैन । अन्य धेरै पालिकाहरूमा प्रतिलिटर दूधमा रु दुईदेखि १५ सम्म अनुदान दिइए पनि चापाकोट नगरपालिकाले कुनै अनुदान दिएको छैन । यसबारे सोच्नुपर्छ’, सञ्चालक आचार्य दाजुभाइले भने ।

बिहिबार, २५ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान