म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोबामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले धारा निर्माण गरेको हो।

आर्थिक वर्ष २०७५/७६ देखि शुरु भएको योजना ७ वर्षमा सम्पन्न भएको हो। करिब ५ करोड रुपैयाँ लगानीमा ४ वटा योजनामा निर्माण भएका छने। जसबाट ४ सय २२ घरपरिवार लाभान्वित भएका कार्यालयका प्रमुख सिनियर डिभिजनल झलकमोहन ओझाले जानकारी दिए। पर्याप्त बजेट बिनियोजन नहुँदा योजना निर्माण गर्न ७ वर्ष लागेको हो।

उनका अनुसार चालु आर्थिक वर्षमा विनियोजन भएको २० लाख रुपैयाँ बाहेक गत आर्थिक वर्षसम्म उक्त योजना निर्माणमा ४ लाख ६७ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ। गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक-फरक ठाउँमा निर्माण भएका रिजर्भ ट्यांकीमा संकलन गरेर पाइपमार्फत घरघरमा वितरण गरिएको छ।

दोबा खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुजाका अनुसार मुहान, ट्यांकी र मुख्य पाइपको भौतिक संरचना निर्माणमा डिभिजन कार्यालयले सघाएको हो। यद्यपि शाखा पाइपलाईन खन्न श्रमदान गरेका उपभोक्ताले घरघरमा निजी धारा आफ्नै लगानीमा बनाएका हुन्।

योजनालाई व्यवस्थित र दीर्घकालिन रुपमा सञ्चालन गर्न प्रत्येक धारामा मिटर जडान गरेर न्युनतम शूल्क निर्धारण गरिएको उपभोक्ता समितिका पूर्व अध्यक्ष डमबहादुर पूर्जा बताउँछन्। अन्नपूर्ण-१ का वडा अध्यक्ष दिलीप गर्बुजाका अनुसार औल र मारका टोलका बासिन्दा र गाईबस्तुले प्रयोग गर्ने खानेपानीको मुहान यसअघि एउटै थियो। योजना निर्माण भएपछि स्थानयिले शुद्ध खानेपानी उपभोग गर्न पाएका छन्।

स्थानीयबासी तालदेवी पुनले घरकै धारामा पानी आएपछि समयको बचत भएको र झञ्जट हटेको बताइन्। ‘पानी लिनका लागि मुहानमा जान, आउन लाग्ने समय र झञ्जट हटेको छ’ उनी भन्छिन्, ‘शुद्ध र सफा पानी भएपछि दुषित पानीका कारण हुने स्वास्थ्य समस्यामा पनि कमि आएको छ।’ रासस

बिहिबार, २५ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान