हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको वायुले समेत हालको मौसमी अवस्था प्रभावित पारेको महाशाखाको विश्लेषण छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई लगायतका बाँकी भूभागमा मौसम सफा रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ। यस्तै, हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुनसक्ने जनाइएको छ।

आज राति पनि पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। पहाडी क्षेत्रमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

सावधानी अपनाउनुपर्ने अवस्था नरहे पनि पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको पूर्वानुमानअनुसार योजना बनाउन मौसम महाशाखाले सुझाव दिएको छ।

बिहिबार, २५ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान