file photo

गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालु आर्थिक वर्षसम्म करिब ३३ हजार ७१५ धारा जडान गरिएका हुन् ।

कार्यालको तथ्याङ्कअनुसार आव २०८०/८१ सम्म जिल्लाभर ३३ हजार २१५ धारा जडान गरिएकामा चालु आवमा थप पाँच सयभन्दा बढी धारा जडान भएका हुन् । यो जिल्लाको कुल लाभग्राहीमध्य ९१ दशमलव पाँच प्रतिशत हो।कार्यालयका सब–इन्जिनियर दीपक खनालले यो कार्यक्रम लागू भएको पाँच वर्षमा उल्लेख्य प्रगति भएको बताए ।

‘हामी कार्यक्षेत्र गोरखा र लमजुङ हो । चालु आवमा दुवै जिल्लाका लागि नौ सय १५ वटा धारा जडान गर्ने कार्यक्रम छ, त्यसमध्ये करिब ३०० धारा लमजुङमा जडान भएका छन्भने बाँकी गोरखामा जडान भएका छन्’, उनले भने । एक घर एक धारा कार्यक्रमका लागि कार्यालयमा चालु आवमा रु ३० करोड ३० लाख बजेट प्राप्त भएको खनालले जानकारी दिए । उक्त रकमबाट दुवै जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो ।

‘हालसम्म जिल्लाको ९१ दशमलव पाँच प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगेको छ । यो तथ्याङ्क अन्य जिल्लाहरूको तुलनामा धेरै राम्रो हो’, उनले भने । लमजुङमा आधारभूत खानेपानी पहुँच ८५ दशमलव ८८ प्रतिशत रहेको छ भने त्यहाँ हालसम्म करिब १९ हजार ४२० वटा खानेपानी धारा जडान गरिएका छन् ।

कार्यालयले धारा नभएका ठाउँमा जडान गर्ने र धारा भएका ठाउँहरूमा मर्मतसम्भारको काम गरिरहेको छ तर पानीको स्रोत सुनिश्चितताको जिम्मा भने आफूहरूमा नरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतको भनाइ छ। ‘पानीको स्रोत सुनिश्चितता र मूल दर्ताको काम भने स्थानीय सरकारको हो । हाम्रो कार्यालयले आयोजना निर्माणको काम मात्र हेर्छ । सोहीअनुसार काम गरिरहेका छौँ’, उनले भने ।

जिल्लामा आर्थिक वर्ष २०७५/७६ देखि एक घर एक धारा अभियान सुरु भएको थियो । अभियानअन्तर्गत पानीको धारा निर्माणको काम करिब सम्पन्न भए पनि मर्मतसम्भार र नयाँ आयोजनाका काम भने निरन्तर सञ्चालन हुने कार्यालयले जनाएको छ ।

बिहिबार, ११ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !