विश्वकै अग्लो शिखर सगरमाथा आरोहणका लागि अव नेपालकै कुनै एक ७ हजार मिटरभन्दा माथिको हिमाल अनिवार्य आरोहण गरेको हुनुपर्ने व्यवस्था गर्न लागिएको छ।

पर्यटनसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ मा उक्त व्यवस्था गरिएको हो। सगरमाथामा भिड बढ्दै गएपछि सरकारले नियमनको नयाँ तरिका अपनाएको हो।

राष्ट्रिय सभामा दर्ता भएको विधेयकको परिच्छेद ३ को पर्वतारोहणसम्बन्धी व्यवस्थाअन्तर्गत उपदफा ६ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालको कम्तीमा सात हजार मिटरभन्दा अग्लो कुनै एउटा हिमचुली आरोहण गरेको अभिलेख पेस गरेपछि मात्र सगरमाथा आरोहणको अनुमतिपत्र जारी गरिने व्यवस्था गरिएको छ।

वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि २ सय ७७ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ५० आरोही समूहका कुल २ सय ७७ जनाले अनुमति पाएका हुन्। आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरू धमाधम गन्तव्यतर्फ लागिरहेका छन्।

विधेयक संसदबाट पारित भएपछि मात्रै कार्यन्वयनमा जाने छ। यसबाट नेपालको अन्य हिमालको समेत प्रवर्द्धन हुनेछ।

बिहिबार, ११ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा