ललितपुरमा आइतबारदेखि सुरु भएको ‘प्लास्टिक फोहोर व्यवस्थापन सम्मेलन २०२५’ को उद्घाटन सत्रमा प्रमुख अतिथि तथा बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वैज्ञानिक र दिगो रूपमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनको खाँचो औँल्याउँदै सबै सरोकारवाला बीच समन्वय आवश्यक रहेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभाग र प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया प्रोजेक्टले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले प्लास्टिक प्रदूषण कम गर्न शिक्षण संस्था, अनुसन्धान केन्द्र, स्थानीय सरकार, अन्तर्राष्ट्रिय साझेदार र नागरिकको सहकार्य आवश्यक पर्ने बताएका हुन्।

साथै उनले सम्मेलनबाट आएको सुझावलाई सरकारले वातावरणमैत्री निर्माण गर्न प्रतिबद्ध रहेको बताए। ‘प्लास्टिकको विकल्प खोज्ने, रिसाइकल प्रविधिलाई प्रोत्साहन दिने र वातावरण संरक्षण कार्यमा थप लगानी गर्ने हाम्रो प्रतिबद्धता यथावत् रहनेछ,’ मन्त्री शाहीले भने।

सम्मेलनमा पुर्व मन्त्री दिपक ज्ञवाली, गणेश शाह ,भक्त बहादुर बलायर संबिधान सभा सदस्य भरत बहादुर खड्का सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा हेमराज पन्त, परशुराम नगरपालिका नगर प्रमुख भरत बडाएर जोशी शिक्षा तथा अनुसन्धान क्षेत्रका विज्ञ, स्थानीय तहका जनप्रतिनिधि, विश्व बैंक, युएनओपीएस (UNOPS) लगायतका अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधि, प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सम्मेलन तीन दिन सम्म चल्नेछ।

सोमवार, ८ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा