file photo

काठमाडौँ उपत्यकामा अस्थायी रूपमा हिउँदमा मात्रै आउने गरेको मेलम्ची खानेपानी आयोजनाको पानी यो वर्ष बर्खाको समयमा पनि नियमित ल्याउने तयारी गरिएको छ । २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्ण रूपले क्षतिग्रस्त भएदेखि हिउँदमा मात्रै मेलम्चीको पानी वितरण हुँदै आएको हो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार भैँसेपाटीस्थित बोर्ड प्राङ्गणमा आयोजित समारोहमा खानेपानीमन्त्री प्रदीप यादवले यो वर्षदेखि बर्खामा पनि मेलम्ची खानेपानी आयोजनाको पानी नियमित रूपमा वितरण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो वर्ष बर्खायाममा काठमाडौँ उत्यकामा मेलम्चीको पानी वितरण बन्द हुँदैन । हामीले बर्खायाममा मेलम्चीको विकल्प खोजिसकेका छौँ । मेलम्ची खोलामा बाढी आएमा वा पानी धमिलो भएमा रिबर्मा खोलामा अस्थायी हेडवक्र्स निर्माण गरी त्यहाँको पानी काठमाडौँमा वितरण गर्ने छौँ । यसको निर्माण कार्य अगाडि बढिसकेको छ ।”

उहाँले तुलनामा स्रोत केही कम भए पनि विगतका वर्षमा जस्तो पानी पूर्ण रूपमा बन्द नहुने बताउनुभयो । मेलम्चीको पानी दसैँअगाडि आउँछ कि दसैँपछाडि ? भन्ने झन्झट समाप्त भएको उहाँको दाबी छ । उहाँले खानेपानी

मन्त्रालयबाट भएको अध्ययनले आयोजनाको अहिलेको हेडवक्र्स काम नलाग्ने र नयाँ बनाउनुपर्ने देखाएको बताउँदै उहाँले मेलम्ची खानेपानी आयोजनाको मुहान स्थानान्तरण गर्ने योजनासमेत अगाडि बढिसकेको जानकारी दिनुभयो ।

मन्त्री यादवका अनुसार मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजलमा २५ करोड लिटर पानी प्रशोधन गर्न सक्ने संरचना निर्माण प्रव्रिmया अगाडि बढिसकेको छ ।

शनिबार, ६ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !