नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियाकालागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिम्सिनालाई भेटी ज्ञापनत्रप बुझाएको छ । मलेसियामा रहेका नेपालीहरुको समस्या र समाधानकाबिषयमा नेपाली जसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनिको नेतृत्वमा कार्यसमितिका पदाधिकारी सदस्यहरू,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधिहरुको संयुक्त टोलिले भेटी ज्ञापनपत्र बुझाएको हो ।

छलफलको क्रममा राजदूत तिम्सिानाले नेपाली श्रमिकहरूको हकहितका लागि डटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रवक्ता सरोज दाहालले जानकारी दिनुभयो । नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले वास्तविक समस्यामा परेका श्रमिकहरूलाई नेपाल फर्काउन दूतावासले सम्पूर्ण प्रक्रिया पूरा गरी टिकट उपलब्ध गराउन नसकेमा, राजदूतावासले नेपाली जनसम्पर्क समिति मलेसियालाई पत्रचार गरेमा अनलिमिटेड टिकट .उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र कल्याणका लागि निरन्तर पहल आवश्यक भएको उहाँको भनाई थियो ।

सबै पक्षको समन्वय र सहकार्यले मात्र समस्याहरूको दीर्घकालीन समाधान सम्भव हुने र मलेसियामा कार्यरत पत्रकारको उपस्थितिमा, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिना र राजदूतावासका प्रथम सचिव बलीराम धामीसँग विशेष छलफल गरेको प्रवक्ता सरोज दाहालले जानकारी दिनुभयो । नेपाली घरफर्कन चाहनेलाई हवाईटिकटको समस्या भए दूतावासले जनसम्पर्क समितिलाई पत्रचार गरे अनलिमिटेड टिकट उपलब्ध गराउने अध्यक्ष पंगेनिले नेपाली राजदुतावास लाई प्रतिबद्धता जनाउनुभयो ।

सोमवार, १ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा