त्रियुगा नगरपालिका-१४ साउने र वडा नं १५ खाँबु तथा छामलिङ क्षेत्रमा दुई वर्षदेखि व्यावसायिक केरा उत्पादन गर्दै आएका कृषक केराका बोट मर्न थालेपछि चिन्तत बनेका छन्।

त्रियुगा-१५ खाँबुका वडाध्यक्ष विष्णु तिमसिनाका अनुसार खाँबु क्षेत्र नगरपालिका क्षेत्रको नै केरा पकेट क्षेत्र रहँदै आएको तर एक-दुई वर्षयतादेखि केरामा विभिन्न प्रकारका रोगका कारण बोट मर्न थालेका छन्।

यस्तै, त्रियुगा-१४ साउनेका वडाध्यक्ष हेमराज मगरका अनुसार साउने क्षेत्रको सुनकोसी किनार क्षेत्र १ नम्बर केरा उत्पादन क्षेत्र रहँदै आए पनि हाल आएर केराका बोटमा रोग लाग्न थालेको र पसाउने गरेको केरा पनि मर्न थालेपछि कृषक चिन्तित बन्न थालेका छन्।

वडा नं १५ छामलिङका कृषक देवबहादुर मगर भन्छन्, ‘आफ्नो पाखाबारी घरजग्गा सबै ३० रोपनीभन्दा पनि बढी जग्गामा केराखेती नै गर्दै आएको र वार्षिक दुई लाख रूपैयाँसम्मको केरा बिक्री गर्ने गरेको भए पनि हाल आएर केराका बोट नै मर्न थालेका कारण अहिले केराखेतीबाट आम्दानी हुन छाडेको छ।’

केराका बिरुवा नै पहेँलो हुने र बोटको फेदमा कुहिएर मर्न थालेपछि फल लागेका केराका बोट नै मर्ने गरेको अँधेरीका कृषक नारायण पुलामी मगर बताउँछन्। दुई वर्षदेखि गाउँका केराका बोटको फेद कुहिने र बोट मर्न थालेपछि गाउँमा केरा उत्पादनमा ठूलो घाटा लाग्न थालेको अँधेरीका अर्का कृषक हर्कबहादुर राईले बताए।

वडा नं १५ का वडाध्यक्ष तिमसिना भन्छन्, ‘आफूले कृषि ज्ञान केन्द्रका प्राविधिकसँग पनि यस विषयमा परामर्श लिएको र केराका बोट कुहिन थालेपछि सबै केरा मासेर नयाँ बिरुवा रोप्नुपर्ने, गुभारा किराजस्ता रोगका कारण यस्तो भएको भन्ने सुझावका आधारमा गाउँका कृषकलाई पुरानो रोग लागेको केरा मासेर सो स्थानमा अब नयाँ बिरुवा लगाउन सुझाव दिएको छु।’

कृषि ज्ञान केन्द्रका अनुसार गोभारा किरा र पहेँले रोगका कारण केराका बोट कुहिने, पहेँलो हुने र मर्ने गरेका छन्। नगरपालिकाका- १४ साउने र धाप्लाङ तथा १५ को खाँबु, अँधेरी, छामलिङलगायत सुनकोसी किनार क्षेत्र केरा पाकेट क्षेत्रका रुपमा रहँदै आएका छन्।

स्थानीय कृषकका अनुसार यी क्षेत्रमा प्रायः परपम्परागत केरा नै बढी उत्पादन हुने गरेको छ। झप्री, मर्चे, मुङ्ग्रे, मालभोक, चिनियाचम्पा प्रजातिका केरा यी क्षेत्रमा उत्पादन हुने गरेको कृषक बताउँछन्। रासस

शनिबार, ३० चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा