पहाडकी रानीका रुपमा परिचित तनहुँको बन्दीपुर केबलकारको बटम स्टेशनमा नयाँ बर्षदेखि “घुमाउने घर” सञ्चालनमा आउने भएको छ ।

अत्यन्तै सुन्दर पर्यटकीय बगैचाको बिचमारैथाने खानपिनको खास अनुभूति भन्ने नारा सहित स्थानीय रैथाने खानाका परिकारहरु पस्कने गरि “घुमाउने घर” २०८२ बैशाख १ गते देखि संचालनमा आउने भएको हो । मगर संस्कृतिलाई प्रबर्धन गर्ने गरि मगर भेषभुषा, रहनसहन र परिकारहरुमा केन्द्रित गर्दै सेवा शुरु गरिन लागेको छ ।

साथै नेवारी र अन्य रैथाने खाना र पेय पदार्थहरु समेत उपलब्ध गराउने “घुमाउने घर” रेस्टुरेन्टका व्यवस्थापक श्री माया थापा मगरले बताईन् । बन्दीपुर घुम्न आउने र पृथ्वी राजमार्गमा यात्रा गर्ने स्थानीय खानाका पारखीहरुलाई सुपथ मुल्यमा सेवा र सुबिधाहरु पस्कने “घुमाउने घरले” जनाएको छ ।

आकर्षक घुमाउने घर, परम्परागत घरहरु र कटेजहरुले सुन्दर रुपमा खाना बजारको झल्को दिने गरि सजावट गरिएको छ । घुमाउने घर बैशाख १ गते बाट शुभारम्भ भएपनि औपचारिक रुपमा भने बैशाख ६ गते उद्घाटन गरिने व्यवस्थापनले जनाएको छ ।

रैथाने खाना बजार बनाउनको लागी बन्दीपुर केवलकारसंग यस पुर्वनै पूर्वाधार र ठाउँ भाडाको सम्झौता गरि यो रैथाने रेस्टुरेन्ट “घुमाउने घर” संचालनमा आउन लागेको हो ।

शुक्रबार, २९ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !