बिमस्टेक सम्मेलनमा सहभागी हुन थाल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्। ओली नेतृत्वको प्रतिनिधि मण्डल आज दिउँसो स्वदेश फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन ओली चार दिनअघि बैंकक गएका थिए । बैंककमा रहँदा ओलीले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गरे। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता पनि गरे।

साथै बिमस्टेक राष्ट्रका समकक्षीहरुसँग उहाँले छलफल गर्नुभएको थियो। प्रधानमन्त्री ओलीको भ्रमण दलमा उहाँकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा। युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना छन्।

शनिबार, २३ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !