चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ। नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो।

आजको गोरखापत्रमा समाचार छ, नेपाल खुद्रा व्यापार संघका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपैयाँ बढेको छ। गएको पुसमा प्रतिलिटर ३७० रुपैयाँमा कारोबार भएको भुटेको तोरी तेल यो चैत १५ गते ३५ रुपैयाँ बढेर प्रतिलिटरको ४१० रुपैयाँ खुद्रा मूल्यमा किनबेच भएको संघले जनाएको छ । संघका अनुसार सो अवधिमा काँचो तोरी तेल प्रतिलिटर ३१० रुपैयाँमा पाइनेमा १५ बढेर प्रतिलिटर ३२५ रुपैयाँमा कारोबार भएको छ।

उद्योगीले भने भारतमा निर्यात गरेर मूल्य बढेको नभई विश्वभर नै कच्चा पदार्थको मूल्यवृद्धि भएका कारण थोरै बढेको दाबी गर्दै आएका छन्। संघका महासचिव अमुलकाजी तुलाधरले नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा खानेतेलको मूल्य बढेको बताए।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले पछिल्लो समयमा नेपालबाट खानेतेलको भारत निर्यात बढेसँगै नेपालमा तेलको मूल्य बढेको बताए। उद्योगीले भारत खानेतेल निर्यात भन्सार छुट र अग्रिम भुक्तानी हुने भएकाले निर्यात बढाएकाले यसको असर नेपाली उपभोक्तालाई परेको उनको भनाइ छ। भन्सार विभागका अनुसार पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल भारत निर्यात गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले खानेतेलको मूल्यवृद्धिका बारेमा विभाग जानकार भएको र अहिले बजारको अवस्था अध्ययन गर्ने काम भइरहेको बताए।

मङ्लबार, १९ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान