नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

सोमबार मध्यराति १ बजेदेखि लागु हुनेगरी निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो।

आयल निगमनका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाइएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटेको छ।

त्यस्तै निगमले हवाई इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाइएको जनाएको छ।

खाना पकाउने एलपी ग्यास र पेट्रोलको मूल्य भने यथावत राखिएको छ।

मूल्य घटेसँगै डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४६.५० रुपैयाँ, दोस्रो वर्गमा १४८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।

मङ्लबार, १९ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो