file photo

सभामुख देवराज घिमिरे ईद उल फित्रले सबै नेपालीबीच सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् भन्ने कामना गरेका छन् ।

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान् पर्व ईद (ईद उल फित्र) को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले यस्ता चाडपर्वले आपसी एकता, मेलमिलाप र धार्मिक सहिष्णुतालाई अझ सशक्त बनाउने विश्वास लिएको सन्देशमा उल्लेख छ ।

“रमजान महिनाभरको उपवास, आध्यात्मिक शुद्धता, आत्मसंयम र परोपकारको अभ्यासपछि आउने यो महान् पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्”, सन्देशमा भनिएको छ, “पारस्परिक सद्भाव र भाइचारालाई प्रवद्र्धन गर्दै ईदले सबै नेपालीलाई सुदृढ राष्ट्रिय एकताको भावनामा जोड्ने विश्वास लिएको छु ।”

यो पर्व इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण चाड हो । यस पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।

“नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको देश हो, नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरेको छ”, सन्देशमा भनिएको छ, “यो संवैधानिक व्यवस्थाले सबै नागरिकलाई आ–आफ्नो धार्मिक एवं सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने अधिकार प्रदान गरेको छ ।”

सोमवार, १८ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !