मुस्लिम समुदायले आज ईद पर्व मनाउँदैछन् । इस्लाम धर्मावलम्बीको एक महिना लामो रमजान समापन भएको खुशीयालीमा ईद–उल–फित्र मनाउन लागिएको हो ।

हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यस पर्वमा प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाइन्छ । यस दिनमा इस्लाम धर्मावलम्बीहरुले पवित्र भइ मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ । यस्तै आज खुशीका साथ गरिब तथा दुखीलाई दान समेत गरिन्छ ।

यो महिना इबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ । मुस्लिमहरूले एक महिनाको रमजानको अवधिभर हरेक दिन बिहानदेखि बेलुकी सुर्य अस्ताउने बेलासम्म रोजा (उपवास) राख्ने गर्छन् । यस अवधिमा रोजा खोलेपछि परिवार तथा इष्टमित्रसँग खुशीयाली साटासाट गर्ने परम्परा रहेको छ । साथै नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलासँग आशीर्वाद लिइन्छ ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिनमा चन्द्रमा देखिएपछि ईद–उल–फित्र मनाउने गरिन्छ । सरकारले ईदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

सोमवार, १८ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान