गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ । सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ । गत वर्ष सोही परिणामको उखुबाट ९.११ केजी चिनी उत्पादन भएको उद्योगका महाप्रब्धक सुरेन्द्र शुक्लाले बताए ।

उद्योगले यस वर्ष लक्ष्यभन्दा करिब चार लाख क्विन्टल कम उखु ‘क्रसिङ्’ गरेको छ । गत मंसिर २६ गते सुरु भइ फागुन मसान्तसम्म सञ्चालनमा रहेको उद्योगले ३१ लाख चार हजार १६३ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरिएको शुक्लाले बताए । गत वर्ष उद्योगले २९ लाख चार हजार ५१२ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन गरेको थियो ।

उखु क्रसिङ् र चिनी उत्पादनको परिमाण बढी देखिएपनि चिनी उत्पादनको अनुपात घटेको उद्योगले जनाएको छ । यस वर्षको उखुबाट चिनी उत्पादन अनुपात घट्नुको कारण खोजि भइरहेको उनले बताए । किसान भने हिउँदमा पानी नपर्दा चिनी उत्पादन घटेको हुनसक्ने बताउँछन् । गत बर्खामा पनि अनुकूल वर्षा नहुनुले उत्पादन अनुपात घटेको हुनसक्ने बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोले बताए ।

यस वर्ष उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ् गरी तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको थियो । तर उखु अभाव भएपछि चैतभरि चल्ने क्रसिङ् फागुन मसान्तसम्म मात्र चलेको महाप्रबन्धक शुक्लाले जानकारी दिए । किसानले उखुको उचित मूल्य नपाउँदा उत्पादन वृद्धि हुन सकेको छैन । रासस

शनिबार, १६ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान