ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका-६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ। उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन हराभरा भएको छ।

सहकारी संस्थाका सचिव विश्वप्रकाश अधिकारीका अनुसार २७७ कित्ता विभिन्न व्यक्तिका नाममा गौचरनका रुपमा रहेको ५२ बिघा जमिनलाई चक्लाबन्दी गरिएको छ। उनले भने, ‘सहकारीले कार्यविधि तयार गरेर चक्लाबन्दी जमिन तयार गर्ने र कृषिमा जोडिने नयाँ कार्यविधिअनुसार केरा खेती गरिएको छ।’

बाँझो जमिनलाई सदुपयोग गर्ने र व्यवसायमा जोडिने उद्देश्यले जमिनको खोजी गर्ने क्रममा राप्ती किनारमा गौचरनमा केराखती थालिएको हो।

‘जग्गाको मालिक खोज्ने र छलफल गर्ने काम भयो। उनीहरु सबैले जग्गा सहजरुपमा दिनुभयो’, सचिव अधिकारीले भने। चक्लाबन्दी गरी पाँच वर्षका लागि जमिन भाडामा लिएको उनको भनाइ छ। ‘बलौटे माटो भएकाले यहाँ केराखेती राम्रो हुन्छ’, उनले भने। बिरुवा उत्पादन गर्न मालभोग केराखेती गरेको अधिकारी बताउँछन्।

विसं २०८० बैशाखमा चितवनको टाँडी र हेटौँडाबाट २० हजार बोट ल्याएर केरा रोपिएको हो। रोपेको एक वर्षमा केरा पसाउन सुरु गरेको छ। बिरुवा खरिद गर्न ३७ लाख रूपैयाँ लगानी गरिएको अधिकारीले बताए। ‘केराका बिरुवा रेखदेख गर्न पाँच जनालाई रोजगारी दिएका छौँ’, उनले भने।

अन्य कृषिबाली जस्तो मेहनत गर्न नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि गत वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएको अधिकारी बताउँछन्। एकपटक रोपेपछि धेरै पटक आम्दानी लिन सकिने र अरु कृषिबाली जस्तो दुःख नहुने भएपछि सहकारीले केराखेती गरेको उनले बताए।

उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी शर्माले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी गर्न सकिने बताइन्। ‘स्थानीय खोलाबाट लिफ्टिङ र बोरिङबाट पानीको जोहो भएको छ। लमही विद्युत् प्राधिकारणले विद्युत् विस्तार गरेकाले बिजुलीको समस्या छैन’, उनले भनिन्।

केराखेतीका लागि देउखुरीमा माटोसँगै सिँचाइको व्यवस्था भएकाले थोरै खेतीबाट पनि पर्याप्त आम्दानी लिन सकिने भएकाले पछिल्लो समय केराखेती गर्ने किसान बढेका कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए।

उनका अनुसार जिल्लामा पाँचसय ३० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ। रासस

बुधबार, १३ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो