हल्का वर्षापछि करिब एक साता केही सफा भएको काठमाडौं उपत्यकाको वायु फेरि प्रदूषित बनेको छ । प्रदूषणको तह बढेसँगै उपत्यकाका विभिन्न स्थान अस्वस्थकर बनेका छन् ।

वातावरण विभागका आनुसार, बुधबार बिहान ११ः३० बजे उपत्यकाको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १५० भन्दा माथि छ ।

सबैभन्दा धेरै ललितपुरको खुमलटारमा १५५ मापन भएको छ । यस्तै, ललितपुरकै भैँसेपाटी तथा काठमाडौंका शंखपार्क, रत्नपार्क र कैलालीको धनगढीको एक्यूआई ११० देखि १५० सम्म पुगेको छ ।

यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ । पछिल्लो २४ घण्टामा ती स्थानको एक्यूआई ११० देखि १४० सम्म मापन भएको विभागको रेकर्ड छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।

यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

बुधबार, ६ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो