काठमाडौमा निर्माण भई रहेको संखुवासभा भोटे गुम्बा निर्माणकालागि संखुवासभा भोटखोला–३ फराङका समाजसेवी ज्याम्याङ भोटेले आर्थिक सहयोग गर्नुभएको छ । उहाँले दुईलाख एकाउन्न हजार दुईसय बीस रुपैया आर्थिक सहयोग गर्नुभएको हो । लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध भोटेले भोटे गुम्बा निर्माण हुनु सबै भोटे समूदायकालागि खुशीको कुरा भएको भन्दै सबैलाई आर्थिक सहयोग गर्न आग्रह पनि गर्नुभयो ।

सामाजिक काममा रुची राख्ने भोटे संखुवासभा भोटे गुम्बाको संस्थापक सल्लाहकार पनि हुनुहुन्छ । संखुवासभाको भोटखोला क्षेत्रबाट काठमाडौमा आफ्नो पहिचान बनाई सकेका भोटे समूदायले गोकर्णेश्वर नरपालिका–३ बालुवामा पबित्र धार्मिक तिर्थस्थलको रुपमा भोटे गुम्बाको निर्माण गरी रहेकाछन् । गुम्बाको एक तलासम्मको काम सकीएको र यस पटकको ग्यल्पो ल्होसर पनि भोटे समूदायले निर्माणाधिन गुम्बामा भेला भएर भव्य रुपमा मनाउदै एकताको सन्देश दिएका थिए । त्यसै गरी ज्याम्याङ भोटेको आग्रहमा सोलुखुम्बु हाल बुढानिलकण्ठ नगरपालिका–२ का सफल पर्यटन व्यवसायी टेण्डी शेर्पा र श्रीमती मेन्दोक शेर्पाले ५१ हजार रुपैया आर्थिक सहयोग गर्नुभएको छ ।

शुक्रबार, १ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा