काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर फागू पर्व मनाउन सम्पूर्णमा आग्रह र अनुरोध गरेका छन्।

प्रशासनसले सूचना जारी गर्दै उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेको हो। सूचनामा ‘सामाजिक व्यवहार सुधार ऐन तथा नियमावली,ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण गराइएको छ।

फागुमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल पार्ने काम नगर्न प्रशासनले जनाएको छ।

कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ।

यस्तै, ललितपुर र भक्तपुर प्रशासनले पनि छुट्टाछुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृति अनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन्। फागुन २९ गते बिहीबार पहाडमा र चैत १ गते शुक्रबार तराईमा होली पर्व मनाइँदै छ।

बिहिबार, २९ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान