श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम बजारमा देखिएको खाडललाई सम्बोधन गर्न आज र भोलि काठमाडौंमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्दै छ।

सम्मेलनमा श्रम क्षेत्रका विज्ञ र सरोकारवाला पक्षले भन्ने र सरकारले सुन्ने नीति लिइएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान उद्घाटन गर्नेछन्। श्रम र सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्न सम्मेलन गर्न लागिएको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए।

श्रम शक्तिको यथोचित उपयोग गरी रोजगारी सिर्जना गर्ने क्षेत्रको संरक्ष‌ण र प्रवर्द्धन गर्दै तथा वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पूँजीको सदुपयोग गर्ने लक्ष्य सरकारले राखेको छ।

रोजगारी सिर्जनाका लागि नीति र कानुनमा सुधार गर्न लागिएको मन्त्रालयले जनाएको छ। उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार खोज्न सम्मेलनले दिशानिर्देश गर्ने मन्त्रालयको विश्वास छ।

सरकारले गर्न लागेको यो पाँचौं सम्मेलन हो। सम्मेलनमा ५ वटा प्यानल छलफल हुने छ। सरकारले सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगारी प्रवर्द्धनसम्बन्धी १० बर्से रणनीति योजनामा समावेश गर्ने जनाएको छ।

सुझावलाई मन्त्रालयले वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि रणनीतिक योजना बनाउन समावेश गर्नेछ।

सरकारी तथ्यांकअनुसार हाल १५ देखि ६५ वर्ष उमेर समूहका ३४ प्रतिशत नेपाली श्रम बजारभन्दा बाहिर छन्।

सोमवार, २६ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा