समयमा पानी नपरेपछि केरा उत्पादनमा ढिलाइ हुने देखिएको छ। राम्रो सिँचाइको व्यवस्था भएको ठाउँको उत्पादन हुने तयारी छ भने आकासे सिँचाइको बढी भर पर्नुपर्ने ठाउँमा उत्पादन केही ढिलाइ हुने देखिएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार चैत महिना लागेसँगै उत्पादन हुने केरा यस वर्ष केही दिन ढिलो हुने देखिएको छ। करिब १५ देखि २० दिनपछि केरा बजारमा बिक्री गर्न तयार हुने देखिएको उनको भनाइ छ।

ढुङ्गानाले भने, ‘आफ्नै राम्रो सिँचाइ भएको ठाउँको केरा बजारमा बिक्री गर्न मिल्ने अवस्थामा पुगेको छ, सिँचाइ नभएको ठाउँको केही दिन लाग्ने देखिएको छ।’

किसानले बिरुवा छोड्न केही ढिलाइ गर्दा पनि उत्पादन लिन ढिलो हुने अवस्था आएको उनको भनाइ छ।

जिल्लामा चैत १५ देखि कात्तिक मसान्तसम्म केरा राम्रो उत्पादन हुने गर्दछ। मालभोग, चिनी चम्पा र जी-९ जातका केरा व्यावसायिक रुपमा खेती गरिँदै आइएको छ। जी-९ वर्षभर नै उत्पादन हुने गर्दछ भने अन्य जातको चैतदेखि उत्पादन लिन सुरु गरिन्छ।

जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकाका पूरै भाग केराका सुपरजोन हुन् भने भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकाका आंशिक भाग सुपरजोनमा पर्दछन्।

जिल्लामा हाल दुई हजार २०५ हेक्टर क्षेत्रफलमा केरा लगाइएको छ। यहाँ ७०० किसानले केराखेती गर्दै आएका छन्। त्यसमध्ये व्यावसायिक किसान ३५० रहेको कार्यालयले जनाएको छ।

अहिले चितवनमा प्रतिहेक्टर ३७ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ। यहाँ उत्पादन भएको केरा राजधानी काठमाडौंसहित छिमेकी जिल्लाका मुख्य सहरमा पुग्ने गर्दछ। रासस

शुक्रबार, २३ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा