ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ गर्नुभएको छ ।

ऊर्जामन्त्री खड्काले जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गर्न लागेको उक्त योजनाको आज शुभारम्भ गर्नुभएको हो । उक्त ताल निर्माणका लागि आयोजना कार्यालयले बाबुल लुम्बिनी सांस्कृतिक जेभी सिद्धार्थनगर रूपन्देहीसँग गत पुस २ गते ठेक्का सम्झौता गरेको थियो । आयोजना निर्माणसँगै उक्त गाउँपालिकाका एक हजार ७१५ घरधुरी लाभान्वित हुने आयोजनाका प्रमुख अविनाशी सिग्देलले जानकारी दिनुभयो ।

आयोजनाको शुभारम्भ गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले धेरै आयोजनाहरू सम्झौता भएर अलमलमा पर्ने गरेकामा उक्त आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । “आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न स्थानीय समुदाय चनाखो बन्नुपर्छ, आयोजनाको सम्पन्नतासँगै यहाँको कृषि क्षेत्रको विकासमा सहयोग पुग्छ,” मन्त्री खड्काले भन्नुभयो ।

उक्त कार्यक्रममा मन्त्री खड्कासँगै सांसद एवं पूर्वमन्त्री सुरेन्द्र आचार्य, सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आयोजनाको लागत रु १९ करोड रहेको छ । रासस

मङ्लबार, २० फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा