सुनसरीमा आइतबार र सोमबार हावाहुरीसँगै आएको असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ।

गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका मार्फत हावाहुरीसँगै असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन सुरु गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए। उनका अनुसार आइतबार किसानले वडा, पालिकालगायत जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए।

जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट कृषि ज्ञान केन्द्रले क्षतिका विषयमा अनुगमन तथा तथ्याङ्क सङ्कलन गर्न सुरु गरेको केन्द्रका बाली संरक्षण अधिकृत मिरा तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार गहुँ, मकै, केरा, बोडी, बन्दागोभी, फूलकोबी, काक्रा, सिमी, तितेकरेलालगायत बालीमा भएको क्षतिको विरण सङ्कलन भइरहेको छ।

बाह्रैवटा स्थानीय तहबाट आएको विवरणलाई सङ्कलन गरेर प्रदेश र सङ्घीय मन्त्रालयमा पठाइने केन्द्रका प्रमुख सिंहले बताए। हावाहुण्डरी र असिना, पानीले मकै, केरा, बोडी, बन्दागोभी, फूलगोभी, काँक्रा, सिमी, तितोकरेलालगायत बालीमा क्षति भएको स्थानीयले बताएका छन्।

मङ्लबार, २० फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान