Trending
संखुवासभाको मकालु गाउँपालिकाको आयोजनामा आजदेखि मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मेलन सुरु भएको छ । मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा महोत्सव आयोजना गरीएको हो । महोत्सवको कोशी प्रदेशका पूर्व मन्त्री तथा संखुवासभाका प्रदेश सांसद राजेन्द्र कार्की, भाषा आयोगका सदस्य डा.पुष्करदेव भट्ट र मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले संयुक्तरुपमा पानसमा बत्तीबालेर गर्नुभयो । महोत्सवको पहिलो दिन आज नेपाल र भारतको पहिलो राष्ट्रिय गित गाएर शुभारम्भ गरीएको थियो ।
आज भारतका साहित्यकार, कलाकार र नेपालका साहित्यकार, कलाकारबीच उपहार आदान प्रदान र साहित्यीक सम्मेलनको बारेमा एक आपसमा चर्चा गरीएको थियो । आज उद्घाटन सत्रको कार्यक्रममा बिभिन्न महानुभावहरुलाई पुरस्कार सम्मान प्रदान गरीएको आयोजक मकालु गाउपालिकाका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले जानकारी दिनुभयो । महोत्सव उद्घाटनमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री तथा संखुवासभाका सांसद दिपक खड्काले गर्ने भनिए पनि अन्तिम समयमा आएर उहाँ जानु भएन् । जिल्लाको महोत्सव मन्त्रीले उद्घाटन गर्ने कार्यतालिका र प्रचारप्रसार थियो ।
तर, अन्तिममा के कारणले रोकीयो ? उर्जा मन्त्री खड्काका स्वकीय सचिव भुपाल बस्नेतले भने बिशेष कारणबस मन्त्रीज्यू जान नसकेको बताउनुभयो । आज उद्घाटन गरीको महोत्सव आजदेखि १७ गतेसम्म चल्ने मकालु गाउँपालिकाका प्रमुख शेर्पाले बताउनुभयो । गत वर्ष देखि मकालु गाउँपालिकाले मकालु महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटकबृद्धि हुने बिश्वास मात्र गरीएको छैन, मकालु हिमाल अरोहण गर्ने आराहिको संख्या बढ्ने पनि बिश्वास गरीएको छ । कार्यक्रममा प्रख्यात हिमाल आरोहि लाक्पा शेर्पालगायत हिमाल अरोहणको क्षेत्रलगायत बिभिन्न क्षेत्रमा योगदान गर्ने महानुभावहरुलाई सम्मानित गरीएको थियो । महोत्सवको अवसरमा बिभिन्न साँस्कृतिक मmाँकी प्रदर्शन गरीएको थियो भने स्थानीय रहनसशहन भेषभुषाको प्रदर्शन गरीएको थियो ।