महाशिवरात्री पर्वको अवसरमा श्री पशुपति गौशाला धर्मशालाको मुख्य सडकमा स्थायी रुपमा निःशुल्क शुद्ध खानेपानी वितरणको व्यवस्था मिलाइएको छ । आजबाट पैदलयात्री आवतजावत गर्ने सबैले निःशुल्क शुद्ध खानेपानी पिउन सक्ने व्यवस्था मिलाईएको मारवाडी युवा मञ्चका अध्यक्ष प्रकाश केजरीवालले बताउनुभयो । गौशाला चोकको एक सटरमा बटुवाहरुको लागि स्थायी रुपमा निःशुल्क शुद्व (आरओ) खानेपानीको आजबाट शुभारम्भ गरिएको जानकारी गराइएको हो । सर्वसाधारणलाई लक्षित गरी शुद्ध पिउने पानीको पहुृँच पुर्याउन सेवा भावले उक्त व्यवस्था मिलाइएको मारवाडी सेवा समिति नेपालका अध्यक्ष प्रमोद अग्रवालले बताउनुभयो ।

पशुपतिनाथ मन्दिर नजिकै भएको र तिर्थालु, ब्रतालु, भक्तजनको आवतजावत बढी हुने क्षेत्र भएकाले पनि गौशाला धर्मशालाको एक सटरमा सहज रुपमा निःशुल्क पानी पिउन सक्ने व्यवस्था मिलाइएको हो । कार्यक्रममा मारवाडी सेवा समिति नेपालका निवर्तमान अध्यक्ष कैलाशचन्द्र गोयल, श्री पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडिया, मारवाडी सेवा समिति नेपालका उपाध्यक्ष श्रवण संघई, महासचिव धर्मेन्द्र अग्रवाल, कोषाध्यक्ष सन्तोष खेतान, सचिव मनोजकुमार चित्लांगिया, पशुपति गौशाला धर्मशालाका कोषाध्यक्ष आनन्दकुमार अग्रवाल, सचिव संजय अटल, मारवाडी सेवा समिति नेपालका कार्यसमिति सदस्य अशोक पोद्दार,सदस्य विनोद गोयल, श्याम रामपुरिया, मारवाडी युवा मञ्चका अध्यक्ष प्रकाशकुमार केजरीवाल, पूर्व सचिव कन्हैया घिराईया, बालाजी परोपकार समितिका कृष्ण चाण्डक र सुशिल सरावगीको सहभागिता रहेको थियो ।

बुधबार, १४ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान