काठमाडौको गोकर्णेश्वरमा निर्माणाधिन संखुवासभा भोटे गुम्बालाई खाँदबारी नगरपालिकाले आर्थिक सहयोग गरेको छ । आदीवासी, जनजाति, भोटेसमूदायको इतिहाँस, पहिचान, कला, संस्कृतिको संरक्षण गर्ने उद्धेश्य अनुरुप खाँदबारी नगरपालिकाले ५० हजार रुपैया सहयोग गरेको हो । खाँदबारीबाट काठमाडौ आएको प्रमुख महेश थपलियासहितको टोलिले गुम्बा निर्माणको अवलोकन गर्दे आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

भोटे समूदायले आफ्नो गुम्बा निर्माणकालागि स्वस्फूर्तरुपमा श्रमदान पनि गरी रहेको छ । हिमालय भोटे समाज काठमाडौका अध्यक्ष मिथुन भोटे र निर्माणाधिन श्री संखुवासभा भोटे गुम्बाका अध्यक्ष ताप्चेन भोटेले गुम्बाको पहिलो तला ढलाईको काम सकिएको र ग्याल्पु ल्होसारको कार्यक्रम संखुवासभा भोटे गुम्बामा भव्य रुपमा मनाउने तयारी भई रहेको जानकारी दिनुभयो । भोटे समूदायको गुम्बा निर्माणले मूर्त रुप लिने भएपछि यस समूदायमा खुशीयाली पनि छाएको छ । भोटे गुम्बा निर्माण जस्तो पवित्र काममा अगडी बढेको भोटे समूदायको यो गुम्बा निर्माणमा स्वस्फूर्त रुपमा सहयोगसमेत जुटी रहेको बताइएको छ ।

आइतवार, ११ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा