Trending
उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले खेलका माध्यमबाट संस्कार, संस्कृति र रहनसहनको संरक्षण गर्न सकीने बताउनुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा बेश क्याम्प स्नुकर हाउस एण्ड रेष्टुरेण्टले काठमाडौको आकाशेधारमा आयोजना गरेको स्नुकर प्रतियोगितामा बिजयी भएका खेलाडीलाई पुरस्कार र सम्मानपत्र प्रदान गर्दे उहाँले खेलले आपसी सम्बन्ध समधुर बनाउने, भाईचारा र एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । व्यक्तिगत जिवनमा खेलकुदले महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भन्दै स्वास्थ्य सवल बनाउन खेलको भूमिका प्रभावकारी हुने पनि बताउनुभयो ।
मन्त्री खड्काले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र खेलको माध्यमबाट आफ्नो ठाउँको बिकास गर्न सकीने भएकाले खेलक्षेत्रको बिकासमा योगदान दिनु सबैको दायित्व हुने पनि बताउनुभयो । उहाँले शेर्पाहरुको पर्व ग्याल्पो ल्होसारको अवसरमा स्नुकर खेलको आयोजना गरेर बेश क्याम्प स्नुकर हाउस एण्ड रेस्टुरेण्टका अध्यक्ष पासाङ शेर्पाले खेलप्रेमी युवाहरुको लागि सन्देश दिएको पनि बताउनुभयो । स्नुकर संघका राष्ट्रिय अध्यक्ष सरोज मुर्मिले स्नुकर खेलमा युवाहरुको आकर्षण बढ्दै गएको भन्दै स्नुकर बौद्धिक र शारिरीक रुपले शसक्त रुपमा खेलिने भएकाले यसमा युवाहरुको आकर्षण बढ्दै गएको हो भन्नुभयो ।
बेश क्याम्प स्नुकर हाउसका अध्यक्ष समाजसेवी पासाङ शेर्पाले स्नुकर खेलमा सरकारको ध्यान जानु पर्ने बताउनुभयो । अन्य खेलजस्तै स्नुकरको पनि आकर्षण रहेको भन्दै आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने उल्लेख गर्नुभयो । एकहप्तासम्म चलेको प्रतियोगितामा ओखलढुंगाका छोपेल शेर्पा पहिलो, संखुवासभाका लाक्पा छिरीङ शेर्पा दोस्रो, सोलुखुम्बुका ङिमानुर्बु शेर्पा र फुरी शेर्पा तेस्रो हुनुभएको थियो । पहिलो, दोस्रो ,तेस्रो हुने खेलाडीहरुलाई क्रमश १ लाख १० हजार, ५५ हजार र ३० हजार रुपैया नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरीएको आयोजक संस्थाका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा स्नुकर खेलाडी र बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।