संखुवासभाका १० वटा स्थानीय निकाय मध्य कांग्रेसले जितेका ६ वटा स्थानीय निकाय मध्य ४ वटा स्थानीय निकायका  प्रमुुखहरु भारतको हैदराबादतर्फ लागेकाछन् । जिल्लाको केन्द्रमा रहेको खाँदबारी नगरपालिकाको संयोजनमा जिल्लामा नेपाली कांग्रेसले जितेका स्थानीय निकायका प्रमुख र कर्मचारीको टोलि १० दिनको छुट्टीमा त्यस तर्फ लागेकाछन् । कर्मचारीसहितको १२ जनाको जम्बो टोलि फागुन २४ गते भारतको हैदराबादबाट फर्कने छ ।

हैदराबादमा यहि फागुन १४ गतेदेखि २४ सम्म इन्टरनेशलन ट्रेनिङ प्रोगाम हुँदै छ भनिएको छ । १० दिनको छुट्टी भने पनि आउँदा जादा झण्डै १८ दिन लाग्ने बताइएको छ । खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले खाँदबारी नगरपालिकाले संयोजन गरेको र भारतीय दूतावासले सहयोग गरेको भनेर बिज्ञप्ती जारी गर्नुभएको छ । यति लामो समयसम्म स्थानीय निकायमा प्रमुख नहुँदा जनताको काममा कुनै असर नपर्ने पनि बिज्ञप्तीमा उल्लेख गरेर उहाँसहितको टोलि हैदराबाद जान काठमाडौतर्फ लागेको हो । यद्यपी कांग्रेसले जितेको मकालु गाउँपालिकाका प्रमुख ओङ्दी छिरिङ शेर्पा भने मकालु महोत्सव परेका कारण त्यता जानबाट छुट्नु भएको छ ।

त्यसैकारणले गर्दा चारवटा कांग्रेसले जितेका स्थानीय निकायको टोलि मात्र त्यसतर्फ जान काठमाडौ आईसकेको छ । एमालेले जितेका नगरपालिका र गाउँपालिकाका प्रमुख र कर्मचारीलाई भने संयोजन नगरी जिल्लामा बिभेद गरीएको अन्य गाउँपालिकाका प्रमुखले अरोप लगाएकाछन् । भ्रमणमा उत्साहित हुँदै जाने टोलिमा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, चिचिला गाउँपालिकाका प्रमुख पासाङ शेर्पा, पाँचखपन नगरपालिकाका प्रमुख विपीन राई र सिलीचोङ गाउँपालिकाका प्रमुख भुपालराज मेवाहाङ हुनुहुन्छ । उहाँहरुकोसाथमा कर्मचारीहरुको टोलिसमेत रहेको छ ।

एमालेले जितेको नगरपालिका तथा गाउँपालिका चैनपुर, मादी, धर्मदेबी, भोटखोला गरी ४ वटा स्थानीय निकायलाई भने वाईपास गरेर भित्रभित्रै संयोजन गरीएकाले हैदराबादतर्फको यात्रालाई संकास्पद भनेर जिल्लाका एमाले नेताहरुले टिप्पणी गरेकाछन् । भोटखोला गाउँपालिकाका प्रमुख वाङछेदर भोटेले छनौट कसरी भयो आश्चर्य लागेको प्रतिक्रिया दिनुभयो । कांग्रेसले जितेका स्थानीय निकायमा मात्र कृषि र पर्यटको बिकास आवश्यक हो की ? भन्ने उहाँको प्रश्न छ । बिभेदकारी भ्रमण र यस्तो छनोटमा संखुवासभाका जनतालेसमेत आशंका व्यक्त गरेकामात्र छैनन प्रश्न पनि उठाएकाछन् । कांग्रेसले जितेका स्थानीय निकायका प्रमुखमात्र छनोटमा पर्ने र एमालेले जितेका स्थानीय निकायका प्रमुख छनोटमा नपर्नु कस्तो छनोट बिधि हो भनेर प्रश्न ते¥साइएको छ । १० वटा स्थानीय निकाय मध्य कांग्रेस ६ र ४  वटा एमालेले जितेको छ । कांग्रेसका  स्थानीय निकायका प्रमुखलाई भारतले रोज्दा अन्य ४ वटा स्थानीय निकायका प्रमुखलाई चीनले रोज्ने हो की ? तर, जे भए पनि जिल्लाको बिकासकालागि बिभेदमुक्त गरी सबैको समान सहभागिताबाट मात्र सम्भव छ ।

आइतवार, ११ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा