जलवायु परिवर्तनका कारण यस वर्ष मुगुमा हिमपात कम भएको छ । जलवायु परिवर्तनका कारणले जिल्लामा प्रत्येक वर्ष हिउँ घट्दै गएको हो ।

यो समयमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने हिमाल कालापत्थर जस्तै देखिएका छन् । हिउँले रुझेर यहाँको धुलो हिलाम्मे हुनुपर्ने समय हो । जिल्लाका मुगुमकार्मारोङ गाउँपालिका, सोरु, खत्याड, र छायानाथ रारा नगरपालिकाका बस्तीमा हिमपात नै कम भएको छ ।

हिउँ नपर्दा यहाँका किसान चिन्तित हुन थालेको छायानाथ रारा नगरपालिका–६ का स्थानीय कर्णबहादुर कुलालले बताउनुभयो । जिल्लामा हिमपात नहुँदा कृषि क्षेत्रमा सिँचाइको अभाव भएको छ । पर्याप्त मात्रामा हिमपात नहुँदा फलफूलदेखि कृषि उत्पादनमा कमी आउने कुलालले बताउनुभयो । जिल्लाको तल्लो क्षेत्रमा वर्षा हुने र माथिल्लो क्षेत्रमा भारी हिमपात हुँदा यहाँको उत्पादन फस्टाउने गरेको किसान बताउँछन् तर यो वर्ष कम मात्रामा हिउँ परेपछि उत्पादनमा कमी आउने देखिएको छ । प्रायः मङ्सिर अन्तिमदेखि हिमपात हुनुपर्ने हो ।

हिमपात भएपछि जीवनयापनमा समस्या हुने भएकाले यहाँका स्थानीय चिसो र हिमपात छल्न कात्तिक अन्तिम र मङ्सिर पहिलो साताभित्रै बेँसी झर्ने गर्दछन् तर यो वर्ष भने सोचे जस्तो हिमपात नभएको मुगुमकार्मारोङ गाउँपालिका–३ का स्थानीय पेमादोर्जे लामाले बताउनुभयो ।

जिल्लामा समय अनुसार हिमपात नहुँदा हिउँदेबालीमा सिँचाइ नहुँदा जौ र गहुँ, फलफूलको उत्पादन घट्ने सम्भावना देखिएको कृषि विकास कार्यालय मुगुले जानकारी दिएको छ । छायानाथ रारा नगरपालिका–६ का ८२ वर्षीय ज्येष्ठ नागरिक कर्णबहादुर ऐडीका अनुसार विगतका वर्षहरूको तुलनामा यो वर्ष हिउँ कम परेको छ ।

हिउँदे मौसममा हिमपात नभएपछि मुगुका हिमाल नाङ्गिँदै गएका छन् । पछिल्ला वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको उहाँले बताउनुभयो । मौसम फेरिएर पुस, माघमा हिउँ नपर्ने र फागुन, चैतमा हिउँ पर्ने अवस्था आएको छ ।

मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर अनुभव गर्न थालेको स्थानीय बताउँछन् । अहिलेसम्मको परिस्थिति हेर्दा यो साल हिमपात केही वर्षयताकै कम हिउँ देखिएको यहाँका बुढापाका बताउँछन् । गो.प

आइतवार, ११ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान