काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीहरूले फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेका छन्।

कामपामा वडा नं २२ नयाँ सडकमा रहेको हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आयआर्जन गर्न थालेका छन्।

सामुदायिक विद्यालयमा कामपाले कार्यान्वयन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र बालबालिका (बाबा) उपसमूहका विद्यार्थीहरू विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।

विद्यालयमा सफाइ गर्दा सङ्कलन भएको कागज, कडा प्लाष्टिक, रबर, खाना प्याकिङ गर्ने खोल, सुक्खा सामानलाई छुट्टाछुट्टै ठाउँमा राख्छन्। सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई दुईवटा बाल्टिनमा राख्ने गरिएको उनले बताइन्।

विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ। सोकेसको माथिल्लो भागमा चार खण्ड छन्। बीचको भागमा सूचना र जानकारी दिने ठाउँ छ। तल्लो भागमा आठ कोठा छन्।

यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ। यो संरचना हेर्दा फोहरलाई सङ्कलन गरेर व्यावसायिक रूपमा बिक्री गर्ने व्यवसायको जस्तै देखिन्छ।

उपप्रमुख डङ्गोलले विद्यार्थीहरूको फोहर बिक्री गर्ने अभ्यास अवलोकन समेत गरिन्।

शनिबार, १० फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !