file photo

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जासम्बन्धी आवश्यक कानुन निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सिकाई आदान प्रदान कार्यक्रममा मन्त्री खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै कानुनी व्यवस्थालाई प्राथमिकतामा राखेको बताएका हुन् ।

मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक हाल राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएकाले उक्त विधेयकलाई छिट्टै प्रतिनिधिसभाबाट पारित हुने बताए ।

उनले सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना समेत स्वीकृत गरिसकेको अवस्थामा स्वच्छ ऊर्जा रूपान्तरणलाई उच्च प्राथमिकता दिएको जिकिर गरे ।

उनले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्दै विद्युत् खपत प्रतिव्यक्ति वार्षिक एक हजार ५०० युनिट पुर्याउने लक्ष्य सहितको मार्गचित्र तयार गरिएको जानकारी दिए ।

राष्ट्रिय ग्रिड नपुगेका स्थानमा सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्याउने लक्ष्य लिएको उनको भनाइ छ ।

शुक्रबार, ९ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !