file photo

पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गरिने भएको छ । सुरक्षा व्यवस्था मिलाउन सुरक्षासँग सम्बन्धित निकायका अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा आज बसेको सुरक्षा समितिको सो बैठकले दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीहरूको सुरक्षाका लागि भकुण्डोलस्थित भण्डारी गुठीघरको पार्कमा प्रहरी मूल शिविर स्थापना गर्ने निर्णय गरेको छ । त्यहाँ सञ्चार सेटसहितको नियन्त्रण कक्ष पनि स्थापना गरिने छ ।

आवास, भोजनस्थल, जुत्ताचप्पल कक्षलगायत आवश्यक स्थान गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राममन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, चार शिवालय, घाट क्षेत्र आदि स्थानमा नेपाल प्रहरीको सबकमाण्ड पोष्ट स्थापना गरिने भएको छ । दर्शनार्थी एवं तीर्थयात्रीका लागि प्रभावकारी रूपमा सुरक्षा व्यवस्था मिलाउन यसो गरिएको उनले सुनाए ।

उनका अनुसार सशस्त्र प्रहरी बलको मूल शिविर भुवनेश्वरी (नासल चोक) मा खडा गरिनेछ । गोरखनाथ, कैलाश, वनकालीलगायत अन्य आवश्यक क्षेत्रमा सबकमाण्ड पोष्ट खडा गरी संयुक्त सुरक्षा व्यवस्था मिलाइने भएको छ ।

महाशिवरात्रि पर्वको दुई दिनअघि अर्थात् फागुन १२ गते बिहान ६ बजेदेखि फागुन १५ गते दिउँसो ३ बजेसम्मका लागि प्रभावकारी संयुक्त सुरक्षा योजना बनाई विशेष सुरक्षा व्यवस्था मिलाउने तयारी कोषले गरेको छ ।

शुक्रबार, ९ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !