पश्चिमी न्यून चापीय प्रणालीका कारण काठमाडौँ उपत्यकासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ । मौसम बदली भए पनि यो कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको तर ठूलो पानी नपार्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विगतमा पनि यसैगरी प्रणाली विकास भएको बताउँदै महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पानी पार्ने खालको भने भएको उल्लेख गरिन् । आजको प्रणाली पनि त्यसैको निरन्तरता भएको मौसमविद्ले जनाएका छन् ।

वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, ‘पश्चिम क्षेत्रमा हल्का छिटपुट वर्षाको सम्भावना छ । देशैभर धुम्म बादल लागिरहेको छ, काठमाडौँमा पनि त्यही अवस्था हो, सुुदूरपश्चिम, कर्णालीमा छिटपुट वर्षा हुने भए पनि कमजोर प्रणाली हो ।’

उनले यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको बताइन् । विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको जानकारी दिँदै उनले अझै पनि सुक्खा बढाउने बताइन् । उनका अनुसार वर्षा गराउने प्रणाली भने कमजोर छ ।

‘मौसम बदली भएसँगै आज पुनः चिसो महसुस गरिएको छ । यद्यपि उपत्यकामा बिहान–बेलुका चिसो कायम छ । हिउँदको बीचमा एकपटक तापक्रम ह्वात्तै बढेको र फेरि घटेको थियो । यो वर्ष यसरी तापक्रममा निकै घटबढ भएको थियो’, मौसमविद् मानन्धरले भनिन् ।

अझै एक साता हालको जस्तै तापक्रम रहने र अर्को सातादेखि विस्तारै तापक्रम बढ्दै जाने उनले जानकारी दिइन् । ‘जाडोयाम लागेपछि नेपालमा राम्ररी पानी पर्न सकेको छैन । जसका कारण विभिन्न क्षेत्रका बालीनालीमा असर गरेको छ’, उनले भनिन् ।

आइतवार, ४ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा