गुल्मीको एक विद्यालयमा विद्यार्थीहरू अध्ययनसँगै आयआर्जनमा जोडिएका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ४ स्थित एकसिङ्ग माध्यमिक विद्यालयका विद्यार्थीले अध्ययन सँगै आयआर्जनमा जोडिँदै जोडिएका छन् ।

विद्यालयले जग्गा भाडामा लिएर कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्वारा विद्यालय कृषि कार्यक्रम अन्तर्गत च्याउ खेती, टमाटर खेती, आलु खेती र मौरीपालन गरेका छन् ।

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गरेर उत्पादनमा जोड्दै समृद्धिका सपनाहरूलाई यथार्थमा परिणत गर्ने उद्देश्यले विद्यालयमा विद्यार्थीहरूलाई कृषिमा जोडिएको विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी ज्ञवालीले बताए । फुर्सदको समयमा विद्यार्थीहरूलाई परम्परागत खेती र पुराना कृषि प्रणालीबारे जानकारी दिने र श्रमसँग विद्यार्थीलाई जोड्ने विद्यालयका प्रधानाध्यापक ज्ञवालीले बताए ।

विद्यार्थीले उत्पादन गरेका आलु, टमाटर, च्याउ र मौरीबाट उत्पादन गरिएको मह बजारमा बिक्री भएको विद्यालयले जनाएको छ । कृषि उपजबाट भएको आम्दानी विद्यालयको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खर्च गरिने भएको छ । कृषि उपजबाट भएको आम्दानी विद्यार्थीहरूलाई अध्ययन गर्दा नै खर्च गरिने विद्यालयले जनाएको छ ।

सत्यवती गाउँपालिका शिक्षा शाखा प्रमुख लोगराज गिरीले माध्यमिक तहका सबै विद्यालयमा कृषि कार्यक्रम अन्तर्गत विद्यार्थीलाई श्रमसँग जोडिएको बताए । गाउँपालिकाले दुना टपरी बनाउने तालिम, गुड फ्राइडे, र विद्यालयमै नौमती बाजा बजाउने जस्ता कार्यक्रम गरिएको बताए ।

सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले गाउँपालिकाले हरेक विद्यालयमा कृषि कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको बताए । पछिल्लो समय सैद्धान्तिक ज्ञानको मात्र विकास भएको हुँदा व्यवहारिक ज्ञानलाई पनि सँगै अगाडी बढाउन सके राम्रो हुने उद्देश्यले गाउँपालिकाले कृषि सँग विद्यार्थीलाई जोडेको बताए । कृषि पेशाबाट उत्पादन बढाउने र रोजगारीको समेत सिर्जना हुने हुँदा विद्यार्थीलाई सुरुबाटै कृषि पेशामा प्रोत्साहन गरेको बताए ।

मङ्लबार, २९ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !