Trending
रोटरी क्लव अफ राजधानीको ३१ औं बैठक आज सम्पन्न भएको छ । काठमाडौमा भएको कार्यक्रममा एन.ए.इ. मिडिया अन्र्तगत सञ्चालित स्टेट नेपाल डट कम र साँघु साप्ताहिलाई मिडिया सहयोगीको रुपमा चयन गरीएको थियो । कार्यक्रममा रोटरी क्लव अफ राजधानीका अध्यक्ष कुमार गौतम र रोटरियनहरूको उपस्थितिमा मिडिया साझेदारीको सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
साँघु साप्ताहिक, साँघु न्यूज डटकमका तर्फबाट संस्थापक वरिष्ठ पत्रकार गोपाल बुढाथोकी, स्टेट नेपाल डट कमका सह सम्पादक शंकर खनाललाई रोटरीको मिडिया पार्टनरका रूपमा चयन गरिएपछि, कार्यक्रमको औपचारिकता सम्पन्न गरिएको थियो । सम्झौतामा हस्ताक्षर गरिएपछि वरिष्ठ पत्रकार बुढाथोकी र सह सम्पादक खनालबाट मिडिया साझेदारीको सम्बन्धलाई अझ प्रगाढ र सशक्त बनाउने विश्वास व्यक्त गरिएको थियो । रोटरी क्लव अफ काठमाडौंका आई पीपी किशोर उप्रेती र पीपी तीर्थ दाहाललाई पनि प्रिसिडेन्ट कुमार गौतमले स्वागत गर्नुभएको थियो ।
रोटरी क्लवको यो बैठकमा रोटरियनहरूको साझा प्रयास र समाजसेवामा योगदान गर्ने उद्देश्यहरूबारे विशेष चर्चा गरिएको थियो । रोटरी क्लव अफ काठमाडौंका आईपीपी किशोर उप्रेतीले आईसीटी तालिम प्रविधि, सूचना र टेक्नोलोजीकाबारेमा जानकारी दिंनुभएको थियो ।
उहाँले समाजमा सूचना प्रविधिको महत्वलाई बुझ्न र यसका विभिन्न पक्षहरूको प्रयोग गर्न विद्यालयका शिक्षक र रोटरी सदस्यहरूलाई तालिम दिनु आवश्यक भएकोमा जोड दिनुभएको थियो । तालिमले शिक्षा क्षेत्र र भविष्यमा रोटरीका सदस्यहरूलाई अझ प्रभावकारी कार्य गर्न मद्दत पुर्याउने बिश्वास गरीएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ राजधानीले सधैं समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राख्ने बारेमा जानकारी गराइएको थियो । सदस्यहरूले भने विभिन्न सामाजिक, शैक्षिक र मानवहितका कार्यहरू गर्दै समाजको सर्वांगिण विकासमा योगदान पुर्याउने प्रयास गर्दै आएका जानकारी गराएका थिए ।