रोटरी क्लव अफ राजधानीको ३१ औं बैठक आज सम्पन्न भएको छ । काठमाडौमा भएको कार्यक्रममा एन.ए.इ. मिडिया अन्र्तगत सञ्चालित स्टेट नेपाल डट कम र साँघु साप्ताहिलाई मिडिया सहयोगीको रुपमा चयन गरीएको थियो । कार्यक्रममा रोटरी क्लव अफ राजधानीका अध्यक्ष कुमार गौतम र रोटरियनहरूको उपस्थितिमा मिडिया साझेदारीको सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

साँघु साप्ताहिक, साँघु न्यूज डटकमका तर्फबाट संस्थापक वरिष्ठ पत्रकार गोपाल बुढाथोकी, स्टेट नेपाल डट कमका सह सम्पादक शंकर खनाललाई रोटरीको मिडिया पार्टनरका रूपमा चयन गरिएपछि, कार्यक्रमको औपचारिकता सम्पन्न गरिएको थियो । सम्झौतामा हस्ताक्षर गरिएपछि वरिष्ठ पत्रकार बुढाथोकी र सह सम्पादक खनालबाट मिडिया साझेदारीको सम्बन्धलाई अझ प्रगाढ र सशक्त बनाउने विश्वास व्यक्त गरिएको थियो । रोटरी क्लव अफ काठमाडौंका आई पीपी किशोर उप्रेती र पीपी तीर्थ दाहाललाई पनि प्रिसिडेन्ट कुमार गौतमले स्वागत गर्नुभएको थियो ।

 

रोटरी क्लवको यो बैठकमा रोटरियनहरूको साझा प्रयास र समाजसेवामा योगदान गर्ने उद्देश्यहरूबारे विशेष चर्चा गरिएको थियो । रोटरी क्लव अफ काठमाडौंका आईपीपी किशोर उप्रेतीले आईसीटी तालिम प्रविधि, सूचना र टेक्नोलोजीकाबारेमा जानकारी दिंनुभएको थियो ।

उहाँले समाजमा सूचना प्रविधिको महत्वलाई बुझ्न र यसका विभिन्न पक्षहरूको प्रयोग गर्न विद्यालयका शिक्षक र रोटरी सदस्यहरूलाई तालिम दिनु आवश्यक भएकोमा जोड दिनुभएको थियो । तालिमले शिक्षा क्षेत्र र भविष्यमा रोटरीका सदस्यहरूलाई अझ प्रभावकारी कार्य गर्न मद्दत पुर्याउने बिश्वास गरीएको थियो ।

 

कार्यक्रममा रोटरी क्लव अफ राजधानीले सधैं समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राख्ने बारेमा जानकारी गराइएको थियो । सदस्यहरूले भने विभिन्न सामाजिक, शैक्षिक र मानवहितका कार्यहरू गर्दै समाजको सर्वांगिण विकासमा योगदान पुर्याउने प्रयास गर्दै आएका जानकारी गराएका थिए ।

 

आइतवार, २७ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !