घले समुदायले आफूहरूलाई राज्यले उपेक्षा गरेको दाबी गरेका छन् । सबैले आफ्नो पहिचान स्थापित गरिसकेको अवस्थामा जातजातिकै सूचीमा नपर्दा विभिन्न सेवा सुविधाबाट वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ ।

नेपालको सबैभन्दा पुरानो आदिवासी तथा प्राचीन नेपालका शासक समुदाय घलेहरू यतिखेर पहिचानको खोजीमा छन् । आफ्नै भाषा संस्कृति र परम्परा, भेषभुषा र जनसङ्ख्या रहेको घलेहरूको मुख्य पर्व माघ एक गते मनाइने ल्होसार हो । यसलाई उनीहरू नयाँ वर्षका रुपमा मनाउँछन् । उनीहरूको जन्मदेखि मृत्युसम्मका आफ्नै संस्कार विधि छन् ।

मुलुकमा आएको सामाजिक आर्थिक र राजनीतिक परिवर्तन सँगै अस्तित्वमा रहेका जाती, भाषा धर्म र समुदायले आ-आफ्नो पहिचान पाएका छन् र सोही अनुसार राज्यको समावेशी नीतिअनुसार विभिन्न तहमा बिस्तारै पहुँच पुर्‍याउन सफल भएका छन् तर ३५ हजार जनसङ्ख्यामा रहेका घलेहरू भने अझै पहिचान नपाएर राज्यका विभिन्न निकायमा धाइरहेका छन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि विभिन्न आदिवासी जनजातिहरू सूचिकृत भएका ५९ जातिमध्येमा उनीहरू परेनन् । त्यसले गर्दा समावेशी नीतिअनुसार पाउने सेवासुविधाबाट उनीहरू वञ्चित हुदैआएका छन् । लिःल फङ अर्थात् घले समाजका अध्यक्ष दिनेश घले आफूहरूका लागि लोकसेवा, सेना प्रहरी तथा राजनीतिमा प्रवेश गर्ने ढोका बन्द भएको बताउनुहुन्छ । घलेहरूको बसोबास पूर्वको सङ्खुवासभादेखि पश्चिम बागलुङसम्म ४२ जिल्लामा रहेको छ । नेपालको इतिहासमा शाह र मल्ल वंश अघिनै घलेहरूले रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ क्षेत्रमा राज्य गरेको पाइन्छ । उनीहरुलाई राज्यले कुन जातिमा पर्छौ छुटाइदिओस् भन्ने चाहना मात्रै भएको अध्यक्ष घलेको भनाइ छ । उहाँ लोकतन्त्रमा पाउनुपर्ने पहिचान मात्रै खोजेको बताउनुहुन्छ ।

देशैभर छरिएर रहेका घलेहरूलाई राज्यले सूचीकृत गर्न प्रधानमन्त्रीको अध्यक्षतामा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मात्रै गर्दछ । यो ऐन २०५९ को अनुसूचीमा सुचीकृत हुनुपर्ने उनीहरूको माग छ । प्रतिष्ठानका उपाध्यक्ष रोशन गुरुङचाहिँ मानवशास्त्रीय दृष्टिकोणबाट विज्ञहरुको अध्ययन कमिटी बनाएको र त्यसले दिने सुझाबका आधारमा निर्णय गरिने बताउनुहुन्छ ।

नेपाल बहुजाति बहुभाषी बहुसांस्कृतिक तथा धार्मिक विविधतायुक्त मुलुक हो । जुन जाति जहाँ बसे पनि नेपाली नै हुन् तर हरेकले आफ्नो पहिचान खोजिरहेका बेला त्यति धेरै जनसङ्ख्यामा रहेका घले समुदायलाई आफ्नो पहिचान प्रदान गर्नु राज्यको दायित्व हो ।

आइतवार, २७ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा