file photo

परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको समस्या समाधान गर्न वर्तमान सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु सङ्घले आज कैलारी गाउँपालिकाको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेला उद्घाटन कार्यक्रममा उहाँले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको जीवनस्तर सुधारका लागि सरकारले आवश्यक नीति बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

तत्कालीन सरकारले २०५७ सालमा कमैया प्रथा उन्मूलन गरेर नागरिक बनाउने काम गरेकाले ती नागरिकको जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गर्न वर्तमान सरकारले पहल गर्ने परराष्ट्रमन्त्री राणाले बताए । दुई ठूला दल मिलेर गठन भएको अहिलेको सरकारले मुलुकको समग्र विकासका लागि योजना तयार गरेर अघि बढ्दै गएको उनले उल्लेख बताए।

परराष्ट्रमन्त्री राणाले सरकारले थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिलो चरणमा स्कुलस्तरबाट चेकजाँच गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिए । उनले विशेष गरी नेपालमा सिकलसेल रोग थारु समुदायमा देखिने गरेको भनिए पनि अन्य देशमा अरु समुदायमा पनि यो रोग देखा पर्न थालेको अनुसन्धानहरूले देखाएका बताए ।

आइतवार, २७ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !