Trending
आज १० औं संस्करणको पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२५ काठमाडौमा सुरु भएको छ । क्रिकेट प्रतियोगितामा १२ क्लब स्तरका समूहरु प्रतिश्प्रधा गर्देछन् । काठमाडौको शंखपार्कस्थित पाकिस्तान पार्सल कर्पोरेशनलमा आज प्रतियोगिताको भव्य समारोहकाबीच उद्घाटन गरीयो ।
कार्यक्रममा नेपालकालागि पाकिस्तानका राजदुत अबरार एच हाश्मी, राष्ट्रिय खेलकुद परिषदका कार्यकारी बोर्ड सदस्य, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, नेपालका पूर्व परराष्ट्रमन्त्री सीपी मैनाली, नेपाल–पाकिस्तान मैत्री संघका अध्यक्ष सुमन पोखरेललगायत बिभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीको सहभागिता थियो ।
कार्यक्रममा नेपालकालागि पाकिस्तानका राजदूत हाश्मीले यो खेल्नकालागि मात्र नभई यसले नेपाल पाकिस्तानका खेलप्रेमी युवाहरु र नेपाल पाकिस्तानका जनताबीच समधुर सम्बन्ध स्थापित गर्ने बताउनुभयो ।
यसले नेपाली जनता र पाकिस्तानी जनतालाई एकजुट बनाउनु सहयोग पु¥याएको बताउनुभयो । उहाँले यस कार्यले दुईदेशबीचको मित्रवत सम्बन्धलाई अझै उचाईमा पु¥याउने आशा पनि व्यक्त गर्नुभयो । उहाँले छोटो निमन्त्रणामै खेल उद्घाट्न कार्यक्रममा सहभागि हुनु भएको भन्दै सबैलाई धन्यवादसमेत दिनुभएको थियो । राजदूत हाश्मीले यसै अवसरमा नेपाल–पाकिस्तान युवा परिषद पनि शुरू गर्नुभयो ।