सल्यानको दार्मा गाउँपालिका–२, दालगैरामा विगत २० वर्षमा दलदल क्षेत्र सुक्दै गएर खेतीयोग्य जमिनमा परिणत हुँदै गएको छ । स्थानीय लीलाधर उपाध्यायका अनुसार झन्डै १० रोपनी दलदल जमिन अहिले उत्पादनशील खेतमा परिणत भइसकेको छ । पहिले पशुचौपाया डुब्ने र मानिस जान डराउने ठाउँ अहिले खेतीयोग्य बनेको छ ।

स्थानीय शिक्षक दिवाकर शर्माले वातावरणीय परिवर्तन र मानवीय हस्तक्षेपका कारण सिमसार क्षेत्र घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले देखेका सिमखेत हराउँदै गए । हाम्रो जीवनकालमै ठुलो परिवर्तन देखियो ।” दार्मा–२, डाँगीखोलामा पहिले बाह्रैमास पानी जम्ने दलदल थियो तर अहिले पानीको स्रोत घट्दै गएको छ । जलवायु परिवर्तन, सिँचाइ व्यवस्थापन र मानवीय गतिविधिका कारण सिमसार क्षेत्र सुक्दै गएको अनुमान छ ।

सिमसार क्षेत्र जैविक विविधता संरक्षण, भूमिगत पानी पुनर्भरण र वातावरणीय सन्तुलनका लागि महत्वपूर्ण छन् । जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माण, औद्योगिकीकरण र अतिक्रमणका कारण सल्यानका सिमसार क्षेत्र सङ्कुचित हुँदै गएका छन् ।

डिभिजन वन कार्यालय सल्यानका डिभिजनल अधिकृत टेकबहादुर रावलले सिमसार क्षेत्रमा आश्रित चराचुरुङ्गी तथा वन्यजन्तु लोप हुने खतरा बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार सिमसार क्षेत्रहरू कुपिन्डे ताल, कछुवा दह, शारदा नदी, बनगाडखोला र मर्मखोला जलवायु परिवर्तनको असरले सङ्कुचित हुँदै गएका छन् ।

सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिन्डे तालसमेत सुक्दै गएको छ । वनगाढ कुपिन्डे नगरपालिका–८ का अध्यक्ष कुलबहादुर पुरीले तालको जलाधार क्षेत्रमा भइरहेको अनियन्त्रित विकास निर्माण र आसपासका खोलाबाट बग्ने गिट्टी–ढुङ्गाका कारण ताल जोखिममा परेको बताउनुभयो । उहाँका अनुसार तालवरिपरि संरक्षण पर्याप्त नभएकाले सरोकारवालाले ध्यान दिनुपर्ने छ ।

जलाधार क्षेत्रमा भइरहेको अनियन्त्रित विकासनिर्माण; अव्यवस्थित रूपमा बालुवा, गिट्टी र ढुङ्गा निकाल्ने कार्य रोक्नुपर्ने छ । सिमसार क्षेत्र साँघुरिँदै गएपछि चराचुरुङ्गी हराउँदै गएका छन् ।

बुधबार, २३ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान