ग्याल्पो ल्होसारको अवसरमा काठमाडौमा स्नुकर प्रतियोगिता हुने भएको छ । काठमाडौको बुढानिलकण्ठ नगरपालिका आकाशेधारास्थित बेस क्याम्प स्नूकर एण्ड रेस्टुरेन्टले पहिलो पटक ग्याल्पो ल्होसार कप स्नूकर प्रतियोगिता आयोजना गर्ने जनाएको हो । आकाशेधारामा रहेको बेस क्याम्प स्नूकर एण्ड रेस्टुरेन्टका अध्यक्ष पासाङ शेर्पाले स्नुकर प्रतियोगितामा खेल प्रेमी युवाहरुको आकर्षण बढेको भन्दै भव्य रुपमा आयोजना गरीने जानकारी दिनुभयो । खेलबाट स्वस्थ मनोरञ्जन प्राप्त गरीने र स्नुकर एउटा बौद्धिक र शारिरीक रुपले पनि शसक्त रुपमा खलिने खेल भएका कारण निकै आकर्षक पनि हुने उहाँको भनाई छ । प्रतियोगिता यहि फागुन २ देखि ९ गतेसम्म बेस क्याम्प स्नूकर एण्ड रेस्टुरेन्टमै आयोजना हुने पनि उहाँले जानकारी दिनुभयो । पछिल्लो समय स्नुकर खेलले सबैको मन जितेको मात्र छैन, निकै लोकप्रिय पनि बन्दै गएको छ । ग्याल्पो ल्होसार मनाउन तथा परम्परागत शेर्पा संस्कृतिको प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शेर्पाको भनाई छ । उहाँले पहिलो ग्याल्पो ल्होसार कप स्नूकर प्रतियोगितामा शेर्पा समुदायले मात्र सहभागिता जनाउन पाउने पनि जानकारी दिनुभयो ।

 

 

खेल अनुशासन र मर्यादा भित्र खेलीने भएकाले यसले शेर्पा समुदायलाई एकताबद्ध गर्ने पनि उहाँको विश्वास छ । शेर्पा आफै पनि स्नुकर पारखी भएकाले खेलको माध्यमबाट संस्कृति प्रवद्र्धन गर्न सकीने उहाँको भनाई छ । स्नूकरमा रुचि राख्ने शेर्पा समूदायका महानुभावहरुले यही माघ २८ सम्म ९८१३४४९८१० वा ९७६८३८००९० मा सम्पर्क गरेर खेलमा आफ्नो नाम सुरक्षित गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि मात्र दुई हजार रुपैया शुल्क लाग्ने बताइएको छ । यहि बर्षदेखि सुरु हुने ग्याल्पो ल्होसार कप स्नूकर प्रतियोगिता प्रत्येक बर्ष आयोजना गरिने छ । प्रतियोगिताका विजेताले एक लाख दश रुपैया नगद, ट्रफी, प्रमाणपत्रसहित भव्य पुरस्कार प्राप्त गर्ने छन् । खेलका उपविजेताले ५५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने तेस्रो स्थान हासिल गर्ने प्रतियोगीले ३० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै ६०+ ब्रेक गर्ने खेलाडीलाई २० हजार नगद पुरस्कार प्रदान गरिने पनि अध्यक्ष शेर्पाले बताउनुभयो ।

मङ्लबार, २२ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा