विश्व सिमसार दिवसको अवसरमा पोखराको फेवातालमा २५ हजार माछाका भुरा छोडिएको छ।

पोखरा महानगर-६ को एक लाख ५० हजार रुपैयाँको सहयोगमा पोखरा–१८ सराङकोटस्थित फेवा हर्पन खोला मत्स्य सहकारी संस्थाले माछाको भुरा छोडेको हो।

तालमा सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प, नैनी र रहु जातका माछाका भुरा छोडिएको हो। तालमा माछाका भुरा छोड्दै पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले दशकौँदेखि फेवातालमा आश्रित जलारी समुदायको आयस्तर वृद्धि गर्न प्रयास गरेको बताए।

उनले गत वर्ष पनि एक लाख रुपैयाँ बराबरको माछाका भुरा छोडेपछि जलारी समुदायले राम्रो आम्दानी गरेको र पोखरा महानगरपालिकाले पनि दोब्बर राजस्व आम्दानी गरेको जानकारी दिए। तालमा अवैध रूपमा माछा मार्ने कार्य रोक्न सबैको सहयोग आवश्यक रहेको भन्दै उनले माछा संरक्षणमा के–के गर्न सकिन्छ त्यसतर्फ पनि ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए।

तालका जलकुम्भी झार हटाउन वडाले नै काम गर्ने उनको भनाइ छ। वडाध्यक्ष भट्टराईले वडाले यो कार्यलाई आगामी वर्षमा पनि निरन्तर दिने भन्दै जलारी समुदायको हरेक दुःखसुखमा आफूले साथ दिने बताए।

तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्न जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ। कुल १७२ राष्ट्रले अंगीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्ताराष्ट्रिय महत्त्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ।

सोमवार, २१ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान