file photo

सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएको छ । पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार पुस २६ गतेको मन्त्रीपरिषद् बैठकले पर्वतारोहणसम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै सलामी दस्तुर वृद्धि गरेको हो ।

उहाँले भन्नुभयो, “सरकारले आरोहणका लागि खुला गरिएका ४६१ हिमालको आरोहण अनुमति शुल्क बढाउने निर्णय गरेको छ । यसअघि सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर शुल्क तिर्दै आएकोमा आगामी भदौदेखि भने १५ हजार डलर लाग्ने भएको छ ।”

उचाइ अनुसार अन्य हिमालतर्फको आरोहण शुल्क पनि बढेकाले मन्त्रीपरिषद्ले स्वीकृत गरेको संशोधित नियमावली आगामी ३१ भदौदेखि लागु हुने उहाँले जानकारी दिनुभयो । अब विदेशी नागरिकले सगरमाथा चढ्न करिब २० लाख ६९ हजार रुपियाँ तिर्नुपर्ने छ । यसअघि विदेशी आरोहीले सगरमाथा चढ्न करिब १५ लाख तिर्दै आएका थिए । नेपाली नागरिकले भने सगरमाथा आरोहणका लागि डेढ लाख रुपियाँ राजस्व तिर्नुपर्ने छ । यसअघि नेपाली नागरिकले ७५ हजार रुपियाँ शुल्क तिर्दै आएका थिए ।

विभागका अनुसार सगरमाथा आरोहणका लागि अप्रिल–मे महिना सबैभन्दा उत्तम समय मानिन्छ । सेप्टेम्बर–नोभेम्बरको महिना कम आरोहण हुने याममा सात हजार पाँच सय अमेरिकी डलर र डिसेम्बर–फेब्रुअरीको विरलै चढिने यामका लागि तीन हजार ७५० अमेरिकी डलर शुल्क लाग्ने विभागले जनाएको छ ।

दस्तुर कम हुँदा सगरमाथा चढ्ने धेरै हुने र त्यही कारण सगरमाथालगायतका हिमाली क्षेत्रमा फोहोर, प्रदूषण बढ्नुका साथै अत्यधिक भिड लाग्न थालेपछि सरकारले एक दशकपछि हिमाल चढ्दा लाग्ने दस्तुर बढाउन लागेको विभागले जनाएको छ । हिमाल चढ्ने दस्तुरसँगै सरकारले पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारलाई आरोहण कम्पनीले दिने दैनिक भत्ता र बिमालगायतका शुल्कमा पनि वृद्धि गरेको छ ।

बुधबार, १६ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !