Trending
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको अर्थतन्त्र उत्पादनभन्दा पनि व्यापारमुखी बन्दै गएको बताएका छन्।
देउवाले गाउँगाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन्।
बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी प्राप्त गर्ने बताए।
पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताए। उनले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिरहेको बताए। थोरै लगानीले स्टार्टअप व्यवसायलाई प्रभावकारी सञ्चालन गर्दा धेरै रोजगारी सिर्जना गर्न सकिने बताए।
नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले नेपाली काँग्रेसले साना र मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको बताए। उनले सरकारले उद्यमी व्यापारी, व्यवसायीहरूले भोग्नुपरेको कानूनी तथा प्रक्रियागत समस्या अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न कानून ल्याएको बताए।
सभापति देउवाले हमासको बन्दीमा रहेका विपिन जोशीलाई छुटाउन इजरायली राजदूतसँग आग्रह गरे।