सिन्धुपाल्चोकको विकट गाउँ बाह्रबिसे नगरपालिका–२ स्थित मङ्गलादेवी जनजागृति आधारभूत विद्यालयका विद्यार्थीले विद्यालयमै तरकारी खेती गरेका छन् । उनीहरूले विद्यालयको करेसाबारीमा सिजन अनुसारको तरकारी खेती गरेर दिवा खाजामा उपभोग गर्ने गरेका छन् । बाँकी रहेको तरकारी बाह्रबिसे बजार वा नजिकैको पसलमा बिक्री गरेर आम्दानीसमेत हात पार्न थालेका छन् ।

विद्यार्थीले गोलभेँडा, मुला, गाँजर, सागलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । मौसम अनुसारको तरकारी उत्पादन गर्न टनेलसमेत हाल्न थालिएको छ । विद्यालयले १० वर्षका लागि दुई रोपनी जग्गा भाडामा लिएको हो । उक्त जग्गामा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई मौसम अनुरूपको तरकारी खेती गर्न सिकाइँदै आएको विद्यालयका प्रधानाध्यापक बमबहादुर तामाङले जानकारी दिनुभयो ।

“विद्यार्थीले पढाइमा सिकेका कुरा व्यावहारिक रूपमा प्रयोग गर्नका लागि तरकारी खेती गर्न सिकाउन थालेको हो । किताबमा पढेका कुरा व्यवहारमा उतार्न, विद्यार्थीले पढ्दै र कमाउँदै गर्न सक्ने बनाउन करेसाबारीबाट तरकारी खेती सुरु गरिएको हो,” तामाङले थप्नुभयो । तरकारी खेतीमा शिक्षकले पनि साथ दिने गरेका छन् । नेसनल केयर फाउन्डेसन नेपालको सहयोगमा फ्रन्जेस क्राइज जर्मनीले जग्गाको भाडा तिरिदिने गरेको छ । तरकारी खेतीतर्फ सुरुमा विद्यार्थी आकर्षित नभए पनि बिस्तारै सबै छात्रछात्रा विद्यालयको करेसाबारीमा तरकारी उत्पादनमा उत्साहित भएर लागेका छन् ।

बिहिबार, ३ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे