आज सौरमास गणनाले माघे सङ्क्रान्ति । मधेशका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (तिलासङ्क्रान्ति) पर्वको रौनक छ ।

मधेशमा यो पर्वसँगै ‘लाई’ अर्थात तील, चिउरा, मुरी, लट्टे र जुनेलो भुटेर सक्खरको खुँदोमा मिलाएर बनाइने लड्डू खाने मौसम सुरु भएको छ । मधेशमा तिलासक्रायत अर्थात् माघेसङ्क्रान्ति पर्वपछि हिउँदभरि खाजामा ‘लाई’ खाने चलन छ । तिलासक्रायत आपसी भेटघाट र सद्भावसँग जोडिएको पर्व हुँदा यसमा एकअर्कोलाई डाकेर सँगै ‘लाई’, मुरी, चिउरा खाने ख्वाउने चलन छ । यो पर्वको ‘सनेस’ (कोसेली) पनि ‘लाई’ लाने चलन छ । यस चलनले केही सातासम्म घरघरै ‘लाई’ बनाउने क्रम चल्ने महोत्तरीको भङ्गाहा–५ भूचक्रपुरका ६५ वर्षीय दीपनारायण चौधरीले बताए।

विवाहित छोरीचेली, मितमितिनी र दोहोरो ‘नौतपिहान’ (इष्टमित्र)कहाँ ‘सनेस’ पठाउने परम्परा छ । यो क्रम आगामी केही दिनसम्म जारी रहन्छ । पर्व मनाई सकिए पनि मधेशका गृहिणीलाई अझै केही दिन ‘लाई’ बनाउने चटारो हुने मटिहानी–७ का बासिन्दा ७० वर्षीय रामकुमार मण्डल बताउँछन्। मधेशका आठै जिल्लामा रहेको यो चलनले तिलासक्रायत पर्व आपसी भेटघाटको माध्यम पनि बनेको मण्डलले स्पष्ट पारे।

यो चलन यहाँको संस्कृतिको रुपमा रहेको बर्दिबास–६ चौलिखास्थित जनहित नन्दलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीपकुमार तिवारीले बताए ।

‘लाई’ मजाले चपाएर खाइने हुँदा यसले पाचनक्रिया सहज बनाउनुको साथै सक्खरको सम्मिश्रणले तत्काल ऊर्जा दिने हुँदा स्वास्थ्यका दृष्टिले उत्तम खाजा भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा सुदीपकुमार ठाकुरको भनाइ छ ।

मङ्लबार, १ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !