file photo

पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।

गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन् । गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए। गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए ।

यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुङ्गरे खोला, पटना ताललगायत पूर्वीचितवनको सिमसारमा गरिएको थियो । बिडारीले दुई दिन भएको गणनामा सात हजार एक सय ५० चरा समावेश भएको जानकारी दिए। तीमध्ये चार हजार एक सय सात चखेवाचखेवी रहेको उनले बताए।

अघिल्लो वर्ष सात हजार पाँच सय १७ चरा समावेश भएका थिए । अघिल्लो वर्षभन्दा चखेवाचखेवीको सङ्ख्या घटेको हो । अघिल्लो वर्ष चार हजार तीन सय चार भेटिएको उहाँले बताउनुभयो । सौराहाघाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन् । यस्तै, लोथरबाट जिन्दगानी घाटसम्म दुई, जिन्दगानी घाटबाट सौराहाघाटसम्म २५, बीस हजार तालमा ३०, बुढीराप्तीमा २६, ढुङ्गरे खोलामा २४, मत्यविकास केन्द्रमा १८, लामी तालमा १६, पटना तालमा १२ र तमोर तालमा चार प्रजातिका चरा भेटिएको उनले बताए।

सात हजार एक सय ५० चरा समावेश हुँदा पानि हाँसमात्र चार हजार एक सय सातवटा समावेश भएको उहाँले बताउनुभयो । जलकौवा सानु एक सय १७ र ठूलो चार सय ६० वटा गणनामा समावेश भएका छन् । बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्षसमेत रहनुभएका बिडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको बताए । “जलेवा चरा बढेका छन् । चखेवाको सङ्ख्या उस्तैउस्तै छ”, बिडारीले भने।

प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाइ छ । सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एसियाका ३५ देशमा प्रत्येक वर्ष अङ्ग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ । सोसाइटीले हाल जाडो यामका पानीचरा गणना गरेको हो । चितवनमा छ सय ५२ प्रजाति चरा पाइने उनले बताए। । त्यसमध्ये यस वर्ष जिल्लामा एक सय ५९ प्रजाति भेटिए । पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको उनले बताए।

आइतवार, २८ पुस, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !